महोत्तरीका २४ गाउँ बाढीको उच्च जोखिममा

जलेश्वर । चारदिनदेखिको अविरल वर्षाले जिल्लाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ ।

रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन, मरहालगायत नदीमा बाढी आएको हो ।

अविरल वर्षासँगै जिल्लाको नदीमा आएको बाढी गाउँ पस्ने जोखिम बढेको स्थानीय बताउँछन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले महोत्तरीका सबै नदीहरुमा जोखिमको तह पार गरिसकेको जनाएको छ ।

नदी तटिय गाउँबस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गलालले बताए । जिल्लाका नदी आसपासका २४ बढी गाउँ बाढीको उच्च जोखिममा रहेका उने जानकारी दिए ।
अत्यधिक वर्षा हुँदा यसअघि पनि जिल्लाका अधिकांश भाग डुबानमा पर्ने र सयौँलाई विस्थापित बनाउँदै आएको प्रजिअ गलालले उल्लेख गरे ।

‘स्थानीयको सुरक्षाका लागि जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित जिल्ला विपद् व्यवस्थापन समितिले आइपर्ने जोखिममा उद्धार गर्न आवश्यक तयारी गरिसकेको छ’, उनले भने ।

अहिलेसम्म जिल्लामा कुनै किसिमको मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *