संविधान संशोधनमाथि कुप्रचार गरिनु ठिक हुँदैन : मन्त्री दाहाल

दकम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताएका छन् ।

नेकपा (एमाले) दमक नगर कमिटीले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधान संशोधनको विषयमाथि जनतालाई भ्रममा पार्न कुप्रचार गरिँदै आएको उल्लेख गरे ।

मन्त्री दाहालले समानुपातिक, समावेशी, संघीयता लगायतका अपरिहार्य बुँदालाई तलमाथि गर्न नसकिने टिप्पणी गरे ।

निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ थियो । महिला, जनजाति लगायतको प्रत्यक्ष निर्वाचनमै संशोधन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री दाहालको भनाइ छ ।

मन्त्री भएपछि पहिलो पटक गृह नगर दमक आएका दाहालले आम जनताको सल्लाह सुझावमा संविधान संशोधन हुने बताए ।

संविधानको प्रसङ्ग उठाउँदै एउटा पार्टीको चाहनामा संविधान संशोधन नहुने र सबै राजनीतिक पार्टीको सहमतिमा मात्र संविधान संशोधन हुने भन्दै विभिन्न हल्लाको पछि नलाग्न पनि उहाँले कार्यकर्तालाई आग्रह गरे ।

देशको आवश्यकताका लागि ठुला दल एकै ठाउँमा आउनु अहिलेको साझा खाँचो भएको उनको टिप्पणी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *