उद्धार र राहतबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालय
मकालु खबर
२०८१ असोज १२ गते
काठमाडौं । अविरल वर्षाका कारण मुलुकभर क्षति र उद्धारको जानकारी दिन गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ ।
आज साँझ ६ बजे मन्त्रालयले बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, खोज तथा उद्धार र राहतका विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले दिए ।
सरकारले वर्षापछिको क्षतिपछि उद्धार, राहत र घाइतेको उपचारमा जुट्ने निर्णय गरिसकेको छ । सरकारले घाइतेको निःशुल्क उपचार गर्ने पनि जनाएको छ ।
शुक्रबार बिहानैदेखिको वर्षाले आइतबार देशभर मानवीय र भौतिक क्षति पु¥याएको छ । देशभर ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । दर्जनौं घाइते भएका छन् ।
मकालु खबर
२०८१ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित