विपद्को समयमा एनसेलको निःशुल्क डेटा

काठमाडौं । पछिल्लो तीन दिन देखी देशभर निरन्तरको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण आएको बाढी पहिरोमा परेर शनिवार साँझसम्म ६६ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता बढी हुने भन्दै एनसेलले आफ्ना ग्राहकलाई सञ्चार सेवा सुनिश्चित गर्न नि:शुल्क डेटा उपलब्ध गराएको छ ।

भारी वर्षाका कारण सिर्जना भएको कठिन परिस्थितिलाई ध्यानमा राख्दै एनसेलले शनिबार बिहान(असोज १२) देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको हो ।

उपलब्ध निशुल्क डेटाले ग्राहकलाई परिवार,आफन्तजन,साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्‍याउने एनसेलले अपेक्षा लिएको छ ।

निःशुल्क डेटा उपलब्ध गराएको एनसेलले हालको अवस्थाको मूल्यांकन गरेर क्षतिको विस्तृत जानकारी प्राप्त भइसकेपछि राहतका कार्यमा थप योगदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको छ ।

१ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल दूरसञ्चार सेवा प्रदायक कम्पनी मात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंगका रुपमा रहेको छ ।

एनसेलले आफ्नो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सिमित नभई सेवाका माध्यमबाट आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा आफन्तहरुसँग सम्पर्कमा रहिरहन उपलब्ध गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *