भोलिदेखि तीन दिन विद्यालय बन्द हुने

काठमाडौं । भोली (आइतवार) देखि तीन दिन विद्यालय बन्द हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर वर्षासँगै आएको बाढीपहिरोबाट क्षति पुगेपछि शनिवार विज्ञप्ति जारी गर्दै आइतबारदेखी तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै मन्त्रालयले विद्यालय बन्द गर्न भनेको हो ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विपद्को घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैलाई विपद् व्यवस्थापनमा जुट्न सरकारले आह्वान गरेको छ।

सरकारले विश्वविद्यालय लगायत सबै शैक्षिक संस्थाका परीक्षा समेत सञ्चालन नगर्न आग्रह गरेको छ ।

हेर्नुहोस् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी विज्ञप्ति

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *