प्रेस विज्ञप्ति

नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ सम्पन्न

काठमाडौं । असोज १० र ११ गते काठमाडौंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ – २०२४ सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको यस कन्क्लेभले आथित्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी नीतिनिर्माता, नियामक, संचालक एवं लगानीकर्ता, विज्ञ लगायत पर्यटन मन्त्रालयका साथसाथै नेपाल पर्यटन बोर्डजस्तो सराकारवालाई निकायको लागि प्रदान गरेको साझा मञ्चमा सहभागीहरूले हस्पिटालिटी क्षेत्रको वर्तमान चुनौती, अवसर र रणनीतिहरूमाथि छलफल गरेका थिए ।

यसै छलफलको आधारमा निकट भविष्यमै तयार गरी कार्यान्वयनको लागि पर्यटन मन्त्रालयसमक्ष पेश गरिने बृहत स्वेतपत्रले नेपालको आतिथ्यता क्षेत्रको बृत्तिविकासमा योगदान गर्ने आयोजकहरूले विश्वास लिएका छन् ।

बिनस्टक एसिया नेपालले वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना गरेको यस कार्यक्रममा होटल एसोसिएसन नेपालको सहकार्य रहेको थियो ।

नेपाल सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र बि.सं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजित यस कन्क्लेभले सरकारको घोषणालाई कार्यान्वयनमा ल्याइ हस्पिटालीटी क्षेत्रको सम्भावनालाई थप गर्ने उद्देश्यका साथ यस क्षेत्रको नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ, नयाँ गन्तब्यको विकास र प्रवर्द्धन, दिगो पर्यटन, लगानी, नीतिगत सुधार तथा अन्तरउद्योग साझेदारी लगायत यस क्षेत्रसँग सम्बन्धित विविध विषयहरूमाथि रहेर करिब १० वटा सामूहिक छललफल एवं अन्तरक्रिया चलाएको थियो ।

कन्क्लेभलाई यूएसएडअन्तर्गतको ट्रेड एण्ड कम्पिटेटिवनेस लगायत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी कम्पनीहरूको सहायता रहेको थियो ।

कन्क्लेभको समापन समारोहलाई सम्बोधन गर्दै यूएसएड नेपालकी सहायक मिसन निर्देशक करेन वेल्चले यूएसएड नेपाल सरकार, स्थानीय समुदाय तथा निजी क्षेत्रका व्यवसायहरू लगायतसँग साझेदारी गरी नेपालको पर्यटन क्षेत्रको सुदृढीकरणमा प्रतिबद्ध रहेको जानकारी दिइन् ।

‘नेपाली पर्यटनभित्रको सेवा तथा उत्पादनलाई वृद्धि गरी यस राष्ट्रलाई प्रमुख गन्तब्यको रुपमा विश्वब्यापीरुपमा चिनाउँदै नेपालको अर्थतन्त्रलाई वृद्धि गराउनु हाम्रो साझा लक्ष्य रहेको छ,’ उनले बताइन् ।

बिनस्टक एसिया नेपाल लगायतका संस्थाहरूसँग सहकार्य गरी यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजनामा हातेमालो गरी नेपाली आतिथ्यता र समग्र पर्यटन क्षेत्रको विकासमा योगदान गर्न पाउँदा गौरब महसुस भएको होटल एसोसिएसन नेपालका अध्यक्ष बिनायक शाहले बताए ।

कन्क्लेभका प्रमुख योजनाकार तथा बिनस्टक एसिया नेपालका सह संस्थापक सुबोध थापाले बार्षिकरुपमा आयोजना गरिने यस कन्क्लेभले आउँदा दिनहरूमा पनि यस क्षेत्रको विकास तथा वृद्धिको लागि आवश्यक विषय र मुद्धाहरुको उठान गर्दै सोको समाधानको लागि नेपाल सरकार सरोकारवाला निकायहरूसमक्ष पैरबी गरिरहने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *