‘अंकुरण’ : बलात्कृत नारीहरूको स्वतन्त्रताको वकालत गर्ने नाटक (तस्बिरहरू)

काठमाडौँ । थापागाउँ स्थित मण्डला नाटकघरमा नाटक ‘अंकुरण’ मञ्चन भइरहेको छ । असोज ११ गते (गत शुक्रवार) देखि सुरु भएको यस नाटक असोज १७ गतेसम्म मञ्चन हुनेछ ।

यसअघि नाटक ‘अंकुरण’ लाई मण्डला थिएटरको म्याडफेस्टमा पनि मञ्चन गरिएको थियो । नाटकमा कलाकार पुष्कर कार्की लगायत झण्डै एक दर्जन कलाकारहरूको अभिनय रहेको छ । रंगकर्मी सागर कार्कीले यस नाटकलाई लेखन तथा निर्देशन गरेका हुन् ।

नाटक अंकुरणले हाम्रा समाजमा रहेका बलात्कृत नारीहरूको जीवनदशालाई नाटकिय ढंगमा प्रस्तुत गरेको छ । समाज परिवर्तनको संवाहक मानिने शिक्षित व्यक्तिहरूले नै उनीहरूलाई अपमान र हेलाको दृष्टिले हेर्ने हाम्रा समाजका तितो यथार्थलाई नाटकमा देख्न सकिन्छ ।

नाटकमा प्रमुख नारी पात्रको रूपमा रहेकी छन् ‘उषा’ । उनी पेसाले एक नर्स हुन् । उनी सामूहिक बलात्कारको सिकार भएकै कारण समाजमा तिरस्कारको पात्र बनेकी छन् । निर्देशकले उनकै माध्यमबाट नाटकलाई अगाडि बढाउने काम गरेका छन् ।

त्यस्तै निर्देशक कार्कीले एउटा आदर्श चरित्र भएका पुरुष पात्र प्रशान्तलाई पनि नाटकमा विशेष स्थान दिएका छन् । जो उषाका प्रेमी पनि हुन् । उनले पनि नाटकलाई फलागमसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

यसबाहेक नाटकमा अन्य थुप्रै पात्रहरू पनि छन् । जसले नाटकमा सुगन्ध थप्ने काम गरेका छन् ।

समग्रमा भन्नुपर्दा नाटक राम्रो बनेको छ । जसले जीवनमा धेरै बाधा अवरोधहरू आइपरेपन अंकुराउण छाड्नु हुन्न भन्ने मिठ्ठो सन्देश दिएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *