सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु
मकालु खबर
२०८१ असोज १३ गते
काठमाडौं । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ ।
आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको हो ।
बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा राजनीतिक दलका प्रतिनिधि र मन्त्री लगायतको सहभागिता रहेको छ ।
गत बिहीबारदेखीको अविरल वर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ ।
वर्षाका कारण आएको बाढी पहिरोमा परेर मानवीय क्षति समेत भएको छ ।
मकालु खबर
२०८१ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित