उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय, सबै जिम्मेवारी देउवालाई

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए ।

उनले भने– ‘२०८१ साल मंसिर १६ गते सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवाज्युलाई जिम्मेवारी प्रदान गर्ने ।

काँग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ ।

एक महिने संगठन परिचालन कोजाग्रत पूर्णिमासम्म स्थगन गरिएको पनि प्रवक्ता महतले जानकारी दिए । उनले संगठन परिचालन स्थगन गरी विपद् खोजि तथा उद्धार कार्यमा लाग्न पार्टीले निर्देशन दिएको बताए ।

कोजाग्रत पूर्णिमामा गर्ने चियापान कार्यक्रम यस वर्षका लागि नगर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *