प्रेस विज्ञप्ति

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । चितवन, भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैङ्क लिमिटेड बीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा College of Medical Sciences का तर्फबाट Additional Director डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार College of Medical Sciences सँग प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् । सिओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्स-रे र यूएसजि मा समेत २० प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ ।

प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीले College of Medical Sciences  को सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैङ्क लिमिटेड का ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *