सिधा कुराको सामग्रीले सर्वोच्चको मानहानी,तोकियो कैद र जरिवाना

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रशारण गरेको सामग्रीले अदालतको मानहानी भएको ठहर गरेको छ । सर्वोच्च अदलातको पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ ।

त्यस्तै सिधाकुराका सम्पादक युवराज कँडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ । सीधा कुरा अनलाइनलाई ५ हजार जरिवाना तोकिएको छ । अनलाइनबाट लिखित माफी मागेमा सो जरिवाना माफी हुनेछ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते नै सुनुवाइ सकिएको थियो ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रशारण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *