प्रधानमन्त्री ओली अमेरिकाबाट स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनका लागि असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रम अनुसार स्वदेश फर्किन लागेका हुन् ।

आइतबार अमेरिकाबाट कतारको दोहाका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली दोहा हुँदै सोमबार काठमाडौं  आइपुग्नेछन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *