दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखायो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको वर्षाले दुईतिहाइको सरकारको औकात देखाएको टिप्पणी गरेको छ ।

केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले विपद्को पूर्वतयारी नपुगेको बताए । ‘दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखियो,’ उनले भने ।

 उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए । उनले भने, ‘सरकार, गठबन्धन, गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ता सबै यही तीन वटाको सबैको राजनीति भनेको तीन खम्बामा अड्किएको छ । रवि, रास्वपा र सहकारी । अरु त्यो बाहेक कसैले केही सोचिरहेको नै थिएन । त्यसैले गर्दा होला, यस्तो प्राकृतिक विपत्ति आउँदा कोही तयार नै थिएन । आवश्यक परेको बेलामा के गर्नुपर्छ सरकारी संयन्त्रले भन्नेकुरामा चुक्यो । सरकारसँग सम्बन्धित नेपाली काँग्रेसको बैठकमा समेत कमजोरी स्वीकारेर सरकारले भुमिका निर्वाह गर्न नसकेको बताएको छ । संवेदनशीलता देखाउनु भएन, असक्षमता र अकर्मण्यता हामीले देख्यौँ । असंवेदनशीलता पनि देख्यौँ । मान्छे मरिसकेपछि मोबाइल टोनमा एउटा सन्देश बजाउँदैमा राज्य संयन्त्रको भुमिका पर्याप्त हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *