अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

काठमाडाैं । स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । त्यसकै लागि जुम्ल्याहा दाजुबहिनीसहित आमा सीता भट्टराई शुक्रबार काठमाडौं आउँदै थिए ।

आमा सीताको चाहना थियो- छोरा दीपेश र छोरी दीपिका एस्ट्रोनोमी ओलम्पियाड विजेता बनून् । आमाकै चाहनालाई दीपेश र दीपिकाले आफ्नो सपना बनाएका थिए । तर, आमाको चाहना र छोराछोरीको सपना एकसाथ काठमाडौं र धादिङको सिमाना झ्याप्ले खोलामा अस्ताएको छ ।

तर, बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा टिकट काटेर चढेका उनीहरू काठमाडौं पुगेनन् । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएर उनीहरुसहित आमा सीताले पनि ज्यान गुमाएका छन् । उनीहरू चढेकाे गाडीका चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *