यमनको होडेडाहमा इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु, ४९ घाइते

काठमाडौं । यमनको रेड सी बन्दरगाह शहर होदेइदाहमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य ४९ जना घाइते भएका छन् । अल–मासिराह टिभीले आक्रमणहरूलाई इजरायली आक्रमण भनेर वर्णन गरेको छ ।

रास इसा क्षेत्रमा बन्दरगाह र अल–हली र अल–काथीब जिल्लाहरूमा रहेको पावर स्टेशनहरूमा आक्रमण भएको बताइएको छ । अल–हली बिजुली केन्द्रमा बन्दरगाहका कामदार र तीन इन्जिनियरहरूसहित चार जनाको मृत्यु भएको छ । टेलिभिजनले भने अन्य ४९ जना घाइते भएका र उद्धार कार्य अझै जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *