प्रधानमन्त्री काठमाडौं ओर्लनासाथ क्याबिनेट बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री चार बजे आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

तर समय भने तय भइसकेको छैन । बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरुसँग जानकारी लिने बुझिएको छ । सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउनेबारे पनि निर्णय गर्नसक्नेछ ।

अविरल वर्षाका कारण भएको बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *