झापामा २२ वर्षीया महिला बलात्कृत, बुद्धशान्तिका सुमन पक्राउ

झापा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका– १ भोट टार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुमनले ती महिलालाई शुक्रवार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *