उमेर हदको विवादले अखिल क्रान्तिकारीको सम्मेलनमा हंगामा

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जारी सम्मेलनमा अवरोध सिर्जना भएको छ । उमेर हदको विषयलाई लिएर काठमाडौंको कीर्तिपुरमा जारी अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा सोमबार अवरोध सिर्जना भएको हो ।

आज युवाहरुले धकेलाधकेल गर्नुका साथै कुर्सी समेत फालेका छन् । २८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी भइरहँदा विवादको स्थिती सिर्जना भएको हो ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेपनि कार्यकर्ताले आज सम्मेलनस्थलमा हंगामा गरेका छन् । विरोधको अवस्था सिर्जना भएपछि सम्मेलनस्थलमा प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ ।

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन १० असोजदेखि किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *