बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
मकालु खबर
२०८१ असोज १४ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ ।
पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए। अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।
चार वर्षदेखि बल्खुमा थोक पसल चलाइरहेका गोपाल कटुवालले दसैँका लागि २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए।
मकालु खबर
२०८१ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित