म भैँसी दुहेर दूध ल्याउन अमेरिका गएको होइन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भैँसी दुहेर दूध ल्याउन अमेरिका नगएको बताएका छन् ।

अमेरिकाबाट स्वदेश फर्किएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले महासभाका आफ्ना कुरा स्पष्टसँग राखेको बताए ।

‘म कुनै भैँसी दुहेर दूध ल्याएर आएँ भने जस्तो होइन, हाम्रा विचारहरू, हाम्रा समस्याहरू त्यहाँ राख्न गएको हो, राखियो,’उनले भने, ‘यी समस्याहरू एउटा देशको मात्रै समस्या होइन, विश्वका समस्या हुन्, विश्व नै मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो ।’

वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने कुरामा आफुले आफ्ना भनाई राखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *