वायुसेवा कम्पनीले सडक सञ्चालन नभएसम्म अधिकतम भाडा नलिने

काठमाडौं । वायुसेवा कम्पनीहरुले बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल सञ्चालन नभएसम्म अधिकतम (अपर लिमिट) भाडा नलिने भएका छन् ।

सोमबार वायु सेवा संचालक संघ,नेपालले प्रेस विज्ञप्ति जारी गर्दै विपद्को समयमा सर्वसाधारणको हितलाई ध्यानमा राखेर सडक सञ्जाल सञ्चालन नभएसम्म अधिकतम मुल्यमा टिकट नबेच्ने निर्णयलाई कायमै राखेको जनाएको छ ।

यसअघि आइतबार संघले प्रेस विज्ञप्ति जारी गर्दै तीन दिन (सोमबार देखी बुधवार) सम्म अधिकतम मुल्यमा टिकट नबेच्ने निर्णय गरेको थियो ।

तर,संघले आज फेरी प्रेस विज्ञप्ति जारी गर्दै सडक सञ्जाल सञ्चालन नभएसम्म अधिकतम मुल्यमा टिकट नबेच्ने निर्णय गरिएको संघका अध्यक्ष मनोज कार्कीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वायु सेवा संचालक संघ,नेपालद्धारा जारी प्रेस विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *