प्रेस विज्ञप्ति

सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अभियान

काठमाडौँ । विगत तीन वर्षदेखि सफल भइरहेको सन्सिल्क दसैँ भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले अब यस अभियानलाई नयाँ Sunsilk Vibes को रूपमा प्रस्तुत गरेको छ ।

यो अभियान असोज ११ देखि सुरु भई मङ्सिर सम्म चल्ने कम्पनीले जनाएको छ, जहाँ सहभागीहरूले केवल दसैँको उत्सवका क्षणहरू नभई दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन्, जसले सन्सिल्कको सारलाई झल्काउँछ ।

कम्पनीले यस अभियानले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू—चाडपर्व होस् या दैनिकी—सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्ने जनाएको छ । जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुने बताएको छ ।

नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्रामरफेसबुक रिल्स बनाइ आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु रहेको र यसले उनीहरूलाई नेपालभरका युवतीहरूको लागि प्रेरणाको स्रोत बनाउन मद्दत पुर्‍याउने जनाएको छ ।

यस प्रतियोगितामा सहभागी हुँदा, सहभागीले आयोजकका नियम तथा सर्तहरू र सामग्री जहाँ अपलोड वा साझा गरिन्छ ती सामाजिक सञ्जाल प्लेटफर्महरूको नियमहरूलाई अविचलित रूपमा स्वीकार गरेको मानिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *