विपद् प्रभावितलाई राहत उपलब्ध गराउन गृहले बनायो कार्यदल

काठमाडौं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन कार्यदल बनाएको छ । असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि ८ जना सहसचिवको संयोजकत्वमा कार्यदल बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको हो ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन्। कार्यदलले पुस २० गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने जनाइएको छ।

भारी वर्षका कारण उत्पन्न बाढी पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने कार्यदलले बाढी पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण समेत तयार पार्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *