उच्च बिन्दुबाट तल झर्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट निरन्तर घट्न थालेको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सुनको मूल्य घटेको हो ।

अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य यो दिन तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *