नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा शिकारीको कहानीसँगै लडाई पनि देखाइएको छ । चराचुरुङ्गी र बाघको तुना पनि गरिएको छ । एक परिवर्तनकारी योद्धाले लडेको लडाइँको कथा यसमा समेटिएको छ । यसमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र समीर भट्टलाई परिवर्तनकारी योद्धाका रुपमा देख्न सकिन्छ ।

ट्रेलरमा एक्सनलाई बढी प्राथमिकता दिएको छ । यसमा लडाई वनमा बस्ने मानिसहरूसँग पनि गरिएको देख्न सकिन्छ । मंगलबार युट्युबमार्फत् सार्वजनिक ‘१२ गाउँ’ को ट्रेलर ३ मिनेट १४ सेकेण्ड एक्सनले भरिएको छ । विराज भट्ट र समीर भट्ट (विराजका छोरा) दुवै एक्सन अवतारमा प्रस्तुत गरेका छन् । ट्रेलरमा प्रेम र पीडाको पनि समिश्रण गरिएको छ ।

१२ गाउँ भन्ने ठाउँमा आधिपत्य जमाएर बसेको अत्याचारी पात्र (मुरलीधर)को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथावस्तु ट्रेलरले प्रष्ट पारेको छ । विराजलाई बाघको रुपमा चित्रित गरिएको छ । एक्सनप्रति रुचि हुने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने देखिन्छ ।

उक्त चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

असोज २४ गते फूलपातीका दिन प्रदर्शन हुने चलचित्रका फिल्म प्रोडक्सन विराज भट्ट रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *