दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । विद्युतीय अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुई वटा मुद्दामा जनही ५०/५० हजार धरौटी माग गरेका हुन् ।

प्रसाईं असोज ६ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । प्रसाईँले एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *