तत्काल किसानहरूको क्षति अनुसारको क्षतिपूर्ति दिन्छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मूल्याङ्कनका टोलीहरू पठाएर क्षति अनुसारको क्षतिपूर्ति दिने बताएका छन् ।

असोज ११ र १२ गते भएको भारी वर्षासँगै आएको बाढी पहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने ‘राहत पनि दिन्छौँ, उद्धार पनि गर्छौँ । आवास निमार्णका लागि सहयोग गर्छौँ ।’

साथै उनले रोशी खोलामा अलपत्र परेका यात्रुहरूलाई फर्काउन बसहरू पठाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *