म पनि बाढीमा बगेको मान्छे हुँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि बाढीमा बगेको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले गृहमन्त्रीले प्रारम्भिक सूचना दिएको बताए ।

उनले नख्खु खोलामा बगेका ४ जना मानिसबारे गृहमन्त्रीले पाएको सूचना बताएको उल्लेख गरे ।

उनले आफू पनि बाढीमा बगेको र आफै निस्किएको बताए ।

उनले भने– ‘म पनि एक पटक केही किलोमिटर बगेको थिएँ, आफै निस्किएँ, अरु कसैले देखेनन्, अरुले देखेको भए मलाई पनि बग्यो नै भन्थे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *