खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड क्षतिको अनुमान

काठमाडौँ । मनसुनजन्य विपद्बाट २१ जिल्ला बढी प्रभावित भएको छन् ।

काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरू रहेको सरकारले जनाएको हो । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पत्रकार सम्मेलनमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको बताए ।

त्यस्तै ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको बताए । उनले भौतिक प्रगतिको प्रारम्भिक आङ्कलनअनुसार हालसम्म खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारतर्फ १ अर्ब क्षति भएको आँकलन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *