नख्खु खोलाले बगाएका २ जनाको सकुशल उद्धार गरेका साहसी चाणिकलाललाई सम्मान

काठमाडौँ । ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।

काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो ।

नख्खु खोलाको भेलमा बग्दै आएका २ जनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ वर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।
सम्मान कार्यक्रममा केएनपीका नेपाल निर्देशक मनोज मिश्रले उनको साहसिक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स् कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाई थियो । साथै बाढीपहिरोका कारण निम्तिएको परिस्थितप्रति दुख व्यक्त गर्दै यो विषम अवस्थामा एक अर्कासँग हातेमालो गर्न आवश्यक रहेको मिश्रले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *