साविककै पदीय हैसियतमा रही काम गर्ने वातावरण मिलाइदिनुस् : मुकुल ढकाल

काठमाडौं । डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान विपरित कारबाही गरेको भन्दै फेरी अर्को निवेदन दिएका छन् ।

उनले मंगलबार रास्वपाको पुनरावेदन समितिमा आफुमाथि गरिएको कारबाही विधान विपरित भएको भन्दै साविककै पदीय हैसियतमा पार्टीमा काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

‘म पुनरावेदक विरुद्ध व्यक्तिगत पूर्वागह्र राखी प्रतिषोध लिने दूषित अभिप्राय एवं उद्धेश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित कैन्द्रिय समितिको बैठक बसी मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ । साथै मलाई मिति २०८१/३/२५ मा पार्टीको महामन्त्री,प्रवक्ता तथा केन्द्रिय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय उपर दायर गरिएको पुनरावेदन हाल विचाराधिन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।’ उनले पार्टीको पुनरावेदन समितिमा दिएको निवेदनमा भनिएको छ ।

रास्वपाबाट निष्काशित महामन्त्री ढकालले यसअघि पनि रास्वपाको पुनरावेदन समितिमा निवेदन दिएका थिए ।

रास्वपाको पुनरावेदन समितिमा ढकालले दिएको निवेदन

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *