मनसुन थप सक्रिय, फेरि धेरै वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमभन्दा पूर्वी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षा सुरु भइसकेको छ ।

रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले बताएको छ । जसका कारण नेपालमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *