सुनसरीमा बिहानैदेखि भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध
मकालु खबर
२०८१ असोज १६ गते
काठमाडौं । पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासको क्षेत्रमा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस क्षेत्रमा थप वर्षा हुने पनि विभागले जानकारी दिएको छ ।
निरन्तर ठेलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ ।
यस क्षेत्रको होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मकालु खबर
२०८१ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित