हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । कोशी र बागमती प्रदेशका विभिन्न स्थानहरूमा आगामी दिनहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएसँगै गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । गृहमन्त्री लेखकले वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै नागरिकहरूलाई पनि सतर्क रहन आह्वान गरे ।

यात्रा गर्दा विशेष सावधानी अपनाउन उनले सल्लाह दिएका छन् । ‘हाम्रो प्रमुख प्राथमिकता नागरिकको सुरक्षा हो,’ मन्त्री लेखकले भने, ‘सबै सुरक्षा निकाय तथा विपद् प्राधिकरणहरूलाई सम्भावित जोखिमको तयारीका लागि तयारी अवस्थामा राखिएको छ ।’

गृह मन्त्रालयले विपद् व्यवस्थापनमा थप समन्वय गर्न सुरक्षा निकायहरूलाई निर्देशित गर्दै आवश्यक कदम चाल्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *