सामूहिक छलफलका लागि रविले बोलाए कार्यकर्ता
मकालु खबर
२०८१ असोज १६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् ।
सभापति लामिछानेले आज दिउँसो दुई बजे पार्टी कार्यालयमा सार्वजनिक भेटघाट कार्यक्रम गर्नेछन् ।
उनले देशको अधिकांश भागमा बाढी, पहिरो र जनधनको क्षति लगायतका विषयमा छलफल गर्ने रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
छलफलका लागि सभापति लामिछानेले सबै कार्यकर्तालाई पार्टी कार्यालय बोलाएका छन् ।
मकालु खबर
२०८१ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित