सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । रूपन्देही, बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित सडकमा लु.२ त ६६१० नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ६० वर्षीय ढिकु थारूको मंलगबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोरङ, बेलबारी नगरपालिका–३ स्थित सडकमा ना.२ ख १४९० नम्बरको बस प्रदेश १–०२–००१ ज ४२७७ नम्बरको सुमोमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा सुमो चालक सोही नगरपालिका–९ बेलबारी बस्ने ३५ वर्षीय कृष्ण थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सर्लाही, लालबन्दी नगरपालिका–९ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिलाको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी
गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *