टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना
काठमाडौँ । दसैँको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ को आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन लागेको यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको फाइदा लिन सक्नेछन् ।
टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्तर सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीले दाबी गरेको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
विशेष दसैँ अफरहरू :
दसैँलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्तालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरूको ब्यवस्थापनि गरेको जनाएको छ ।
पूर्व–खरिद अफरहरू : दसैँका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि रु ५,००,००० सम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ । त्यसैगरी खरिद गर्दा रु १०,००,००० सम्मको छुट पाउने अवसर र साप्ताहिक क्यास ब्याक अफर अन्तर्गत हरेक सातो १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।
साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।
आकर्षक अफरहरू :
उच्चतम मूल्याङ्कनको ग्यारेन्टीस् मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।
ग्यारेन्रन्टर बिना सजिलो वित्तीय सुविधास् मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्ने जनाएको छ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।
टेस्ट राइड र निश्चित उपहार :
मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरूका लागि निश्चित उपहारहरूको समेत व्यवस्था रहने छ ।
छानिएका मोडलहरूमा ० प्रतिशत ईएमआई सुविधा ः मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा ० प्रतिशत ईएमआई को सुविधा उपलब्ध गराउने छ ।
निःशुल्क सामग्री :
एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।
तस्बिरहरू :