नेपाल-कोरिया कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

काठमाडौँ । नेपाल —कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ ।

नेपाल र गणतन्त्र कोरियाली दूतावासले मंगलवार साँझ ५० औँ वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको हो । ५० औँ स्वर्ण जयन्तीको अवसरमा दूतावासले कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभूति गराउनका लागि तीनसम्म विभिन्न कार्यक्रमहरू काठमाडौँमा आयोजना गरेको हो ।

कोरियाले ५० औँ स्वर्ण जयन्तीको अवसरमा ‘कोरियाली डिजिटल कला प्रदर्शनी’ तथा हाजिरी जवाफ र कोरिया भाषा वतृत्वकला प्रतियोगिता समेत गरेको थियो । मंगलवार ५० औँ स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहभागिता जनाएका थिए ।

नेपाल र कोरिया सरकारबीच कूटनीतिक सम्बन्धसँगै व्यापार र लगानीमा समेत सम्बन्ध बिस्तार हुँदै आएको छ । कार्यक्रमका सहभागी उद्योगी व्यवसायीहरूले कोरियाले नेपाललाई महत्त्व दिएर लगानी र सहयोग गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले कोरियाले नेपालको शिक्षा,रोजगार र आर्थिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

उनले कोरियासँग इपीएस कार्यक्रम सफल भएर नेपालको लागि राम्रो भएको बताए । उनले कोरिया धेरै विकसित मुलुक भएको भन्दै प्रविधि भित्र्याउन सक्नुपर्ने बताए । उनले नेपालको निजी क्षेत्रले कोरियासँग समन्वय गरेर उद्योग व्यापारमा लगानी भित्र्याउन सक्नुपर्ने बताए । उनले कोरियासँग नेपालले द्विपक्षीय लगानी सम्झौता (बीआईए) गरेर जानु आवश्यक देखिएको बताए ।

व्यवसायी दीपक मलहोत्राले पनि नेपालमा कोरियाले हाइड्रो,उद्योग र पर्यटनमा लगानी गरिरहेको बताए । उनले नेपालका सामाग्री कोरियामा निर्यात गर्ने विषयमा पहल भइरहेको बताए ।

उनले नेपाललाई कोरियाले दिएको महत्वको फाइदा लिन सक्नुपर्ने बताए । उनले व्यापार र उद्योगको क्षेत्रमा कोरियाको लगानी वृद्धि भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *