प्रेस विज्ञप्ति

जोइलोङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौँ । जोइलोङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ ।

यी गाडीका ग्राहकलाई सरल रूपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोइलोङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअन्तर्गत यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई रिलायन्सले सजिलैसँग ७० प्रतिशतसम्म कर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ । फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्श समेत दिनेछ ।

सम्झौतामा पूजा कन्स्ट्रक्सन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो सहकार्यले जोइलोङ र एसआरएम ब्रान्डका विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकलाई थप सुविधा हुने र नेपाली बजारमा गाडी खरिद गर्न चाहने ग्राहकको आकाङ्क्षा पूरा हुने अपेक्षा जनाएको छ । ७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने छ ।

हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौँ उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यकाबाहिरको हकमा सबै शाखाबाट लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । पूजा कन्स्ट्रक्सन प्रालि नेपालको प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुप अन्तर्गतको कम्पनी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *