एभरेस्ट महिला भलिबल : कर्णालीको अपराजित यात्रा कायमै

काठमाडौं । कर्णाली एसभिएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ । अघिल्लो दुई खेलमा अपराजित टोलीको भेटमा कर्णाली एसभिएसले तेस्रो खेलमा पनि जित निकालेको हो ।

कर्णालीले ललितपुर क्विन्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा कायमै राख्यो । यससँगै कर्णाली एसभिएसले ६ टोली सहभागी लिगमा तेस्रो जित निकाल्दै ८ अंक बटुल्दै शिर्ष दुईको दाबेदारी कायमै राखेको छ । यसअघि कर्णालीले मधेस युनाइटेडलाई ३–१ को सोझो सेटमा हराउँदा दोस्रो खेलमा गण्डकी थन्डर्समाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो ।

तेस्रो खेलमा पनि कर्णाली एसभिएसले ललितपुर क्विन्सलाई २५–२२,२५–२२ र २९–२७ ले हराउककंदै बलियो टोलीको रूपमा उभियो । यो हारसँगै ललितपुर क्विन्सको तीन खेलबाट दुई जित र एक हारसककंगै ६ अंक जोडेको छ । यसअघि ललितपुर क्विन्सले पहिलो खेल काठमाडौं स्पाइकरलाई र मधेश युनाइटेडलाई समान ३–१ को सेटमा हराएको थियो ।

तेस्रो खेलमा पनि ललितपुर क्विन्सले कर्णालीलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेन । तेस्रो सेटमा ११–१ को अग्रता जागाउन नसक्दा ललितपुर क्विन्सले ३–० को सोझो सेटमै नतिजा सुम्पिएको हो । ६ फ्रेन्चाइज टोलीमा काठमाडौं स्पाइकर, चितवन शक्तिले समान एक खेल जितेका छन् । गण्डकी र मधेश युनाइटेडले भने दुई खेल नै गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *