नेपाली विद्यार्थीलाई चीनमा ‘पिपल्स चोइस’अवार्ड प्रदान

काठमाडौं । नेपाली विद्यार्थीहरुलाई एसिया प्यासेफिक डिजिटल समिट २०२४ मा महत्वपूर्ण अवार्ड प्रदान गरिएको छ । चीनको नानिंग र सेन्जेनमा भएको समिटमा नेपालका विद्यार्थीहरुलाई महत्वपूर्ण अवार्ड प्रदान गरिएको हो ।

नेपाली विद्यार्थीहरुको टोलीले आविष्कार गरेको एआइ प्रोजेक्टले ‘पिपल्स चोइस’ अवार्ड जितेको हो । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थी सो अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् । कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरुको नविन सोचलाई बढावा दिँदै धेरै योजनाहरु समावेश गरिएका छन् ।

एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआइ व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए ।

नेपाली समूहका सदस्य समिप अर्यालले भने,‘अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मेसिन हो । जसले ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज सेवा दिन सक्छ । यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआइ प्रविधिसँग जोड्नेछ । जसले भ्रुणको अवस्था पत्ता लगाइ त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँदछ ।’

अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेमा यस उपकरणले समयमा नै परिक्षण गर्न सक्ने बताए । कुनै असामान्य परिस्थिति आईपरेमा समेत उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिने उनले बताए ।

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरुको नविन सोचको उर्जालाई उजागर गरेको छ । सामाजिक हितका निम्ति प्रविधिको प्रयोग प्रति विद्यार्थीहरुको दृढ प्रतिबद्धतालाई अल्ट्राकेयरले प्रमाणित गरेको छ ।

ह्वावे नेपाल युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यका सशक्त नेतृत्व निर्माणमा निरन्तर लागिपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *