काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्ने टोलीको विदाई

काठमाडौं । नेपालको युवा टोलीले श्रीलंकमा हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागि टोलीको विदाई गरिएको छ । नेपाल भलिबल संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह र मुख्य प्रशिक्षक जगदिश भट्टलगातयले मंगलवार टोलीको बिदाइ गरेका हुन् ।

प्रतियोगितामा नेपाली चुनौती प्रस्तुत गर्ने भएको छ । नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर छन् ।

प्रशिक्षक रमेश केसी र सहायक प्रशिक्षकमा लालबहादुर बटला, टिम म्यानेजरमा गणेशसिंह ठगुन्ना छन् । उक्त च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उब्जेकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि नेपालकै महिला टोलीले माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला च्याम्पियनसिप खेलेको थियो । जहाँ नेपाली टोली तेस्रो भएको थियो ।

च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *