विपद्जन्य घटनाबाट दुई सय ४२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो विपद्जन्य घटनाबाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

बाढीपहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *