सन् २०२६ लागि डीभीको आवेदन खुल्यो, यसरी भर्नुस्

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन खोलेको छ । असोज १६ गते राति ९ः४५ बजेदेखि खुला हुने डीभी आवेदनको म्याद कात्तिक २० गतेसम्म दिन सकिनेछ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति निकालेर आवेदन निःशुल्क भएको जनाएको छ । दूतावासले आवेदनका लागि परामर्शदाताको आवश्यकता नपर्ने भएकाले अरूको परामर्श नलिन पनि सुझाव दिएको छ । बरु, आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सुझाएको छ ।

आवेदन फारममा श्रीमान/श्रीमति तथा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य रहेको छ । डीभीका लागि हालसालै खिचिएको फोटो आवश्यक भएको जनाइएको छ । विगतमा डीभी भर्न राहदानी आवश्यक पर्ने गरेको थियो । अहिले भने राहदानी विना नै डीभी भर्न सकिन्छ ।

डीभी परे नपरेको जानकारी २०८२ वैशाख २० गतेपछि प्राप्त हुने जनाइएको छ ।

प्रतिक्रिया

One thought on “सन् २०२६ लागि डीभीको आवेदन खुल्यो, यसरी भर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *