नाटक ‘मुक्कुमलुङ’ : लिम्बु समुदायको रीतिरिवाज र विद्रोह (तस्बिरहरु)

काठमाडौं । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा डा.चित्र माबोको पुस्तक ‘डोलीभर्ना’ मा आधारित नाटक ‘मुक्कुमलुङ’ प्रदर्शन भइरहेको छ ।

असोज २ गते देखि २० गतेसम्म प्रदर्शन गरिने नाटक मंगलवारबाहेक अन्य दिन साँझ ५ः१५ बाट र शनिवार दिउसो १ बजे सुरु हुनेछ ।

राजन मुकारुङले परिकल्पना तथा नाट्य रूपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् । स्रोत व्यक्तिहरू रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ रहेका छन् ।

‘मुक्कुमलुङ’ नाटकमा कलाकारहरूले आफ्नो अभिनय र लिम्बू समाजको मुन्धुमी संस्कृतिलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन् । नाटकमा सृष्टिको वर्णन गरिएको छ ।

नाटकमा अनावश्यक भौतिक संरचना निर्माण, विचाराधीन मौलिकताको सुरक्षार्थ प्रतिबद्ध हुनुपर्ने परिस्थिति र आधुनिक सुखको सुविधा भोग, सहजता तथा मनोरन्जनात्मक नवीन प्रविधिको मागका बीचमा निजी स्वार्थको प्रवेशले संकटमा पर्दै गइरहेको नाटक ‘मुक्कुमलुङ’ मञ्चन गरिएको छ ।

नाटकमा माया प्रेममा परेका व्यक्तिहरू घरायसी समस्याले छुट्नु परेको पिडालाई पनि समेटिएको छ ।

पूर्वको ताप्लेजुङमा रहेको मुक्कुमलुङ (पाथीभरा) मा केवलकार बनाउने परियोजनामा रैथाने समुदायले राज्यविरुद्ध प्रतिरोध गरिरहेको नाटकमा देखाइएको छ ।

सांस्कृतिक अतिक्रमण गर्दै पर्यटन प्रवर्द्धन हुने र आर्थिक विकास हुने राज्यपक्षले दाबी गरेको छ । यस निर्णय प्रति रैथाने समुदायहरुलाई नचाहिने भन्दै विरोध गरिरहेका छन् ।

लिम्बु समुदायको रहनसहन, पारिवारिक संरचना रीतिरिवाज पनि नाटकमा देख्न पाइन्छ ।

नाटकमा रेयर राई, दिपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, युवाहाङ राई, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *