बाढी पहिरोबाट क्षति भएका सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
मकालु खबर
२०८१ असोज १७ गते
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले बाढी पहिरोबाट क्षति भएका सडक र पुल पुनर्निर्माण गर्न २० देखी २५ अर्ब लाग्ने बताएको छ । बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले सो जानकारी दिएका हुन् ।
क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाई छ । त्यस्तै हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए ।
मकालु खबर
२०८१ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित