राती यात्रा नगर्न सोलुखुम्बु प्रहरीको आग्रह

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले रात्रिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

वर्षाका कारण सल्लेरी–ओखलढुङ्गा सडकको साम्लेक्षेत्रमा जोखिम कायमै रहेकाले रात्रिको समयमा यात्रा नगर्न आग्रह गरेको हो ।

एक नोटिस जारी गर्दै सोलुखुम्बु प्रहरीले लामो यात्रामा निस्किने सवारी साधनहरू स्थानीय प्रहरीका समन्वयमा मात्रै चलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *