देशभर यी १७ मुख्य राजमार्ग अझैं अवरुद्ध (सुचीसहित)

काठमाडौं । गत असोज ११ र १२ गते भीषण वर्षासंगै आएको बाढी पहिरोका कारण देशभरका विभिन्न सडकहरु अझैं अवरुद्ध छन् । देशभरका विभिन्न १७ मुख्य राजमार्गहरु अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।

बिहीबार साँझ ५ बजेसम्म ९ जिल्लाका १७ सडकहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौंको दक्षिणकाली ८ स्थित सिस्नेरी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ स्थित कुलेखानी मार्कु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

काठमाडौं सहित ललितपुर,तेह्रथुम,मकवानपुर,काभ्रेपलाञ्चोक,सिन्धुली,सिन्धुपाल्चोक,रामेछाप,धादिङ जिल्लाका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् ।अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

हेर्नुहोस् मुख्य राजमार्ग अवरोधको सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *