क्यानडाले जित्यो त्रिकोणात्मक ट्वान्टी-२० सिरिजको उपाधि

काठमाडौं । क्यानडाले त्रिकोणात्मक ट्वान्टी-२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो । सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *