प्रेस विज्ञप्ति

आइएमई पेद्वारा ‘आइएमई पे डिजिटल दशैँ तिहार २०८१’ योजना सार्वजनिक

काठमाडौँ । नेपालीहरूको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैँ तिहार २०८१’ योजना सार्वजनिक गरेको छ ।

असोज १७ गते देखि कार्तिक २२ गते सम्म लागु हुने यस योजना अन्तर्गत सेवाग्राहीहरूले आइएमई पे मार्फत गर्ने करोवारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वाशिङ मेशिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सिएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरू रहेको छ । साथै सेवाग्राहीहरूले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरू जित्ने डबल मौका पनि पाउनेछन् ।

डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढवा दिन योजनालाई थप पुरस्कृत गर्दै आइएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

पुरस्कारहरूको विजेताहरू घोषणा आइएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ । दैनिक तथा साप्ताहिक पुरस्कार बाहेकको सम्पूर्ण विजेताहरूले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरूले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने हुनेछ । यस अभियान सम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आइएमई पेको आधिकारिक वेबपेजमा उपलब्ध हुनेछ।

यस अभियान सम्बन्धी अन्य जानकारी लिन तथा आइएमई पेको सामाजिक संजालमा चलिरहेको ह्यासट्याग अभियान मार्फत अतिरिक्त पुरस्कारहरू जित्नको लागि आइएमई पेको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमा जान सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *